महाधिवेशन रोक्न माग गर्दै परेको रिट सर्वोच्चद्वारा खारेज


काठमाडौँ, २४ भाद्र । नेपाली काँग्रेसको जारी महाधिवेशन रोक्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

बागमती प्रदेशसभाका सदस्यसमेत रहेका काँग्रेस नेता नरोत्तम वैद्यले हालेको रिट सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिंन्हाको एकल इजलासले खारेज गरिदिएको हो ।

काँग्रेस नेता नरोत्तम वैद्यले कोरोना महामारीको जोखिम रहेको र लाखौँ मानिस कोरोना महामारीबाट प्रभावित हुने जोखिम रहेको भन्दै काँग्रेसको महाधिवेशन रोक्न माग गर्दै रिट दायर गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्