एमसीसी विरुद्ध बेलबारीमा युवाहरूको प्रदर्शन


बेलबारी, २४ भाद्र । एमसीसीका विरुद्ध बेलबारीमा युवाहरूले प्रदर्शन गरेका छन् । बेलबारीका सचेत युवाहरूको सहभागितामा बिहिबार एमसीसी विरुद्ध विरोध र्यालीको आयोजना गरिएको हो । बेलबारी १ स्थित दुर्गा मन्दिरबाट सुरु भएको रयाली बेलबारी ३ स्थित पश्चिम बस स्टेण्डसम्म पुगेर समापनमा भएको थियो ।

युवाहरूले र्यालीमा देशघाती सम्झौता खारेज गर, एमसीसी फिर्ता गर लगायतका नारा लेखिएको प्ले कार्ड सहित प्रदर्शन गरेका थिए । नेपालको विकास गर्न अरू देशको अघि हात पसार्नु पर्दैन, नेपाली जनता आफैले रकम उठाएर पनि देशको विकास गर्न सक्छन् भन्ने सन्देश दिने अभिप्रायले साङ्केतिक रूपमा विरोध स्वरूप उपस्थित युवाहरूले ३ हजार ७ सय रकम समेत सङ्कलन गरी बेलवारी नगरपालिकामार्फत सङ्घीय सरकारलाई पठाइएको कार्यक्रम संयोजक सुजित बस्नेतले जानकारी दिएका छन् ।

पछिल्लो समय एमसीसीविरुद्धमा देशभरबाट विरोध भइरहेको छ । यस अघि नै पनि बेलबारी २ का स्थानीयले साङ्केतिक रूपमा विरोध कार्यक्रमको आयोजना गरेर एमसीसी विरुद्ध ऐकेवद्धता जनाएका थिए । 

प्रतिक्रिया दिनुहोस्