सुन्दरहरैचामा टिपरको ठक्करले ९ वर्षीय बालकको लियो ज्यान


बिराटचौक, १२ असोज । मोरङको सुन्दरहरैचामा टिपरको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु भएको छ ।  आइतबार को १ ख ६२७३ नम्बरको टिपरले स्थानीय ९ वर्षीय बालक लुकास थपलियालाई ठक्कर दिँदा मृत्यु भएको हो ।

बेलबारी इलाका प्रहरी कार्यलयले वाड नं. ६ स्थित गछियाको पूर्व अञ्चल क्रसर छेउमा दिउसो १ः४० बजे उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको सो टिपरले बालकलाई ठक्कर दिँदा घटनास्थलमा नै मृत्यु भएको जनाएको छ ।

टिपर तथा चालक दुवै प्रहरीको नियन्त्रणमा भएको बेलबारी इलाका प्रहरी कार्यालयका प्रमुख गुणराज बुढाथोकीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्