‘नेल्सन मण्डेला पिस नोबेल अवार्ड’ गायक उदितनारायण झालाई


काठमाडौँ, २५ भाद्र । गायक उदितनारायण झालाई ‘नेल्सन मण्डेला पिस नोबेल अवार्ड’ प्रदान गरिएको छ । चर्चित गायक झाले ‘नेल्सन मण्डेला पिस नोबेल अवार्ड’ का साथमा ‘डक्ट्रेट एण्ड पोस्ट ह्यूमस’ र ‘ह्युमन एक्सलेन्स गोल्ड मेडल’ अवार्ड गरी तीन ओटा सम्मान तथा अवार्ड पाएका हुन् ।

नेपालमा जन्मिए र लामो समयदेखि भारतमै बसेर सङ्गीत साधनारत झाले अवार्ड तथा सम्मानको बारेमा सामाजिक सञ्जालमार्फत आफ्ना श्रोतालाई जानकारी गराएका हुन् । भारतमा निकै लोकप्रिय गायकको रूपमा परिचित झाले थुप्रै नेपाली गीतहरूमा स्वर दिएका छन् ।

उनले नेपाली, हिन्दी, मैथिली, नेपाल भाषा, उर्दू, तमिल, तेलगु, मलयालम, कन्नड, उडिया, आसामी र सिन्धी लगायतका करिब ३२ भाषाहरूमा गीत गाएका छन् । उनले हालसम्म २५ हजार भन्दा बढी गीत गाएका छन् । भारतीय सम्मान पद्म श्री पुरस्कारबाट पनि सम्मानित झा सन् २००१ मा प्रबल गोर्खा दक्षिण बाहुबाट विभूषित भएका छन् । 

प्रतिक्रिया दिनुहोस्