इजरेलमा टाउको पछाडिको भाग जोडिएका जुम्ल्याहा दिदीबहिनीको शल्यक्रिया ’सफल’


काठमाडौँ, २५ भाद्र । इजरेलमा टाउको जोडिएका जुम्ल्याहा दिदीबहिनीको शरीर एक किसिमको दुर्लभ शल्यक्रिया गरेर छुट्याइएको छ।

टाउकोको पछाडिको भाग जोडिएकाले उनीहरू विपरीत दिशामा फर्केर बस्थे ।

शल्यक्रियापछि एकवर्षे ती शिशुले पहिलो पटक एकअर्कालाई देखेका हुन् ।

बीरशीबास्थित एउटा अस्पतालमा उनीहरूको शरीर छुट्याउन गत साता १२ घण्टा शल्यक्रिया गरिएको बताइएको छ। त्यसका लागि महिनौँ तयारी गरिएको थियो। उनीहरू दुवैका लागि टाउकोको छाला ग्राफ्ट गरिएको थियो ।

दुई फरक पुरुषबाट जन्मिएका हुन् यी जुम्ल्याहा बालबालिका

शरीर जोडिएका शिशुको ’सफल शल्यक्रिया’

अस्पतालका शल्यक्रियाका लागि इजरेल तथा अन्यत्रका दर्जनौँ विशेषज्ञहरूको संलग्न भएका थिए ।

विश्वमा २० पटक मात्रै सम्पन्न गरिएको त्यस्तो शल्यक्रिया इजरेलमा पहिलो पटक गरिएको हो।

“उनीहरूले आफैँ सास फेरिरहेका छन् र खाँदै छन्,“ सोरोका मेडिकल सेन्टरको प्लास्टिक सर्जरी विभागका प्रमुख एल्डाड सिल्बरस्टाइनले इजरेलको च्यानल १२ न्यूजलाई भने ।

शल्यक्रिया भन्दा महिनौँ अघि फुल्ने सिलिकन ब्यागहरू ती शिशुको टाउकोमा हालिएको थियो र छाला आवधिक रूपमा तन्काइएको थियो।

मस्तक पुनर्निर्माणपछि उनीहरूको टाउको जोड्न नयाँ छालाको उपयोग गरिएको थियो ।

ती दिदीबहिनीको जन्म गत वर्ष अगस्टमा भएको हो । उनीहरूको जीवन सामान्य हुने अपेक्षा गरिएको छ। (बिबिसी नेपालीबाट)

प्रतिक्रिया दिनुहोस्