मोटरसाइकल दुर्घटनामा परेर कानेपोखरीका राईको मृत्यु


बेलबारी, २५ भाद्र । सुनसरीको रामधुनीमा भएको मोटरसाइकल दुर्घटनामा परेर कानेपोखरी घर भएका चालकको मृत्यु भएको छ । बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा परेर मोरङको कानेपोखरी गाउँपालिका–६ का १८ वर्षीय रीतिक राईको मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रहरीले दिएको जानकारी अनुसार उत्तरतर्फ जाँदै गरेको को ३६ प ९५८ नम्बरको मोटरसाइकल रामधुनी नगरपालिका–६ मा आँफै अनियन्त्रित भएर राति ११ः५० बजेतिर दुर्घटना भएको थियो । दुर्घटनामा परेर गम्भीर घाइते भएका राईलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारकै क्रममा शुक्रवार बिहानको राती ३ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरेर तीव्र गतिमा चलाउँदा मोटरसाइकल दुर्घटनामा परेको पुष्टि प्रहरीले गरेको छ ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार कानेपोखरी–६ का २१ वर्षीय नीरज राई गम्भीर घाइते भएका छन् । उनलाई विराटनगरस्थित विराट नर्सिङ होम लगिएको । 

प्रतिक्रिया दिनुहोस्