तालिबानको वक्तव्य ‘महिलाको काम बच्चा जन्माउने मात्र, मन्त्री बन्ने होइन’


काबुल, २५ भाद्र । महिलाको अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको तालिबानले सत्ता सम्हालेको केही दिन महिला विरोधी वक्तत्व निकालेको छ । 

अफगानिस्तानमा महिलाहरूले आफूहरूको पनि राज्य सत्तामा पुरुषसमान अधिकार हुनुपर्ने भन्दै आन्दोलन गरिरहेको बेलामा तालिबानका प्रवक्ता सैयद जकिरुल्लाह हाशमीले महिलाविरोधी वक्तव्य दिएका छन् । उनले भनेका छन्, ‘महिला मन्त्री बन्न सक्दैनन् । महिला मन्त्रिपरिषदमा हुन जरुरी छैन । उनीहरूको काम बच्चा जन्माउने हो ।’

महिलाको विरोध प्रदर्शन राजधानी काबुलबाट विस्तार हुँदै उत्तरपूर्वी प्रान्त बदख्सामसम्म पुगिसकेको छ । त्यहाँ पनि धैरै महिला सडकमा उत्रिएका छन् । तर प्रवक्ता जकिरुल्लाहले ती प्रदर्शनकारी महिलाले अफगानिस्तानका सबै महिलाको प्रतिनिधित्व नगर्ने बताएका छन् । उनले आफ्नो वक्तव्यमा भनेका छन्  ‘प्रदर्शनकारी महिलाले अफगानिस्तानका सबै महिलाको प्रतिनिधित्व गर्दैनन् ।’ 

तालिवानी प्रवक्ताको यस्तो वक्तव्यको चौतर्फी रुपमा आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्