बैठक र भ्रमण भत्ता कटौति वापदको रकम कोरोना खोप खरिदमा प्रयोग हुने


काठमाडौँ, २५ भाद्र । वर्तमान सरकारले बैठक, भ्रमण भत्ता र तालिमका लागि छुट्याएको बजेट कटौति गरेको छ । शुक्रवार बजेट अध्यादेश प्रतिस्थापन विधेयक संसदमा पेस गर्दै अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले यस्तो घोषणा गरेका हुन् ।

सरकारले प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरूको नाराबाजीकाबिच १६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट प्रस्तुत गरिएको छ । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले बैठक, भ्रमण तथा तालिमबापत कटौति हुँदा ५ अर्ब रुपैयाँ बचत हुँने र उक्त रकम कोरोना खोपका लागि छुटाइएको बताएका छन् । 

अर्थमन्त्री शर्माले चालु खर्चतर्फ बैठक भत्ता, इन्धन, कर्मचारी तालिम, सिप विकास तथा जनचेतना तालिम, अनुगमन मूल्याङ्कन भ्रमण खर्च, विविध कार्यक्रम शीर्षकमा न्यूनमत १० प्रतिशत बजेट कटौति गरेको, यसरी खर्च कटौति गर्दा बचत हुन आउने देखिएको ५ अर्ब कोभिड खोपका लागि उपयोग गर्ने प्रबन्ध मिलाएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्