सुन्दरहरैँचा ब्याडमिन्टन च्याम्पियनसिप २०२१ सुरु


सुन्दरहरैँचा, २५ भाद्र । मोरङको सुन्दरहरैँचामा ‘सुन्दरहरैँचा ब्याडमिन्टन च्याम्पियनसिप २०२१’ सुरु भएको छ । इन्द्रपुर जेसिसको आयोजना शुक्रवार दुई दिनसम्म चल्ने प्रतियोगिताको उद्घाटन सुन्दरहरैँचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले उद्घाटन गरेका थिए ।

उक्त उद्घाटन कार्यक्रममा नेपाल जेसिसका पूर्व अध्यक्ष एवम् पिएलओ लुब्रिकेन्टका सञ्चालक भोलेश्वर दुलाल, प्याब्सन मोरङका अध्यक्ष अर्जुन बस्नेत, सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णप्रसाद रिजाल, बेलबारी जेसिसका संस्थापक अध्यक्ष माधवराज थापा, नेपाल खेलकुद महासङ्घ मोरङका महासचिव सन्तोष बान्तवा लगायतको उपस्थिति रहेको थियो । दुई दिनसम्म चल्ने प्रतियोगितामा कर्पोरेट र जेसिस शाखा गरेर जम्मा ५० टिमले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । 

कर्पोरेटतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश : ३१ हजार, २१ हजार र ११ हजार पाउने छन् भने शाखातर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश : २५ हजार, १५ हजार र ७ हजार ५ सय रासीको पुरस्कार पाउने छन् । 

इन्द्रपुर जेसिसका अध्यक्ष कृष्णप्रसाद ओझाको अध्यक्षतामा सम्पन्न उद्धघाटन कार्यक्रमको संचालन भने महासचिव मिलन अघिकारीको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्