अन्तर्राष्ट्रिय आत्महत्या निवारण दिवसको अवसरमा बेलबारीमा जनचेतना कार्यक्रम


बेलबारी, २६ भाद्र । अन्तर्राष्ट्रिय आत्महत्या निवारण दिवसको अवसरमा बेलबारीमा एक दिने आत्महत्या नियन्त्रण तथा जनचेतना कार्यक्रमको सम्पन्न भएको छ । कार्यक्रम स्वउत्थान तथा आत्मनिर्भर महिला समूह बेलबारीको आयोजना र बेलबारी नगरपालिकाको व्यवस्थापनमा सम्पन्न भएको हो । 

बेलबारी नगरपालिकाको सभाहलमा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाहले गरेका थिए ।    कार्यक्रममा बेलबारी नगरपालिकाका जनप्रतिनिधि तथा बेलबारीका विभिन्न विद्यालयमा ११ र १२ कक्षामा अध्ययनरत छात्र छात्राको सहभागिता रहेको संस्थाकी सचिव शीतल रायले जानकारी दिएकी छिन् ।            

जनचेतना कार्यक्रमको सहजीकरण प्रशिक्षक सेवक बजगाईँले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्