अफगानिस्तानका अपदस्थ उपराष्ट्रपतिका दाइको पाशविक तरिकाले हत्या


काबुल, २६  भाद्र  । तालिबानका लडाकुले अफगानिस्तानका अपदस्थ उपराष्ट्रपति अमरुल्लाह सालेहका दाइ रोहुल्लाह सालेहको क्रुर किसिमले हत्या गरेका छन् । स्रोतको दाबीअनुसार रोहुल्लाहलाई पन्जसिर उपत्यकामा बीभत्स तरिकाले मारिएको हो । 

स्रोतका अनुसार रोहुल्लहलाई तालिबानले चरम यातनापछि मारेका छन् । गत अगस्ट १५ तारिखका दिन तालिबानका लडाकुले राजधानी काबुल कब्जा गरेपछि अफगानिस्तानका राष्ट्रपति असरफ गनी देशै छाडेर भागे पनि उनी भने आफू देश छाडेर नभाग्ने, मर्नु परे यही आफ्नै मुलुकमा मर्ने बताएका थिए । 

पन्जसिर उपत्यकामा गएर तालिबानविरोधी सङ्गठन नेसनल रेसिस्टेन्स फोर्सका लडाकुसँग मिलेर तालिबानविरुद्ध युद्ध जारी रहेको उद्घोष गरेका थिए । उनल यसपछि सालेहले आफैँले आफूलाई कार्यवाहक राष्ट्रपति घोषणा गरेका थिए । 

अपदस्त उपराष्ट्रपति सालेह कहाँ छन् कुन अवस्थामा छन् त्यसको बारेमा केही जानकारी प्राप्त भएको छैन ।  

प्रतिक्रिया दिनुहोस्