एमालेको विधान महाधिवेशन असोज १५ –१७ सम्म हुने


काठमाडौँ, २७ भाद्र । नेकपा एमालेले विधान महाधिवेशनको मिति सारेको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा शनिवार बसेको स्थायी कमिटी बैठकले विधान महाधिवेशनलाई असोज १५ सम्मका लागि सारेको हो । 

यस अघिको स्थायी कमिटीको बैठकले अधिवेशनको मिति असोज ४ देखि ६ गतेसम्मलाई तोकेको थियो । तर शनिवार बसेको बैठकले उक्त मितिलाई परिवर्तन गरेर असोज १५ देखि १७ सम्म गर्ने निर्णय गरेको नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जनाएका छन् ।विधान महाधिवेशनका लागि दस्ताबेज तयारीसहितका केही कामलाई समय नपुग्ने भएपछि मिति एक सातालाई सारिएको उनले बताए । 

पहिलो पटक गर्न लागेको विधान महाधिवेशनको पूर्व सन्ध्यामा एमाले पार्टी विभाजन भएको छ । एमाले विभाजन भएर माधव नेपालको अध्यक्षतामा नेकपा एकीकृत समाजवादी नामको नयाँ दल गठन भएर पार्टीको मान्यतासमेत पाइसकेको छ । 

प्रतिक्रिया दिनुहोस्