एमसीसी सम्झौता कुनै पनि हालतमा पास हुनु हुन्न : सीपी मैनाली


काठमाडौँ, २७ भाद्र । नेकपा मालेका महासचिव सीपी मैनालीले एमसीसी कुनै हालतमा संसद्बाट पास हुन नहुने बताएका छन् । पूर्व उपप्रधानमन्त्रीसमेत रहेका मैनालीले एमसीसी राष्ट्रघाती भएकोले यसलाई कुनै पनि हालतमा पास हुन दिनु नहुने बताएका हुन् । 

अन्य देशको उदाहरण दिँदै उनले देशमा एमसीसी पास भयो भने मुलुक रणभूमिमा परिणत हुने खतरा रहेकोसमेत औँल्याएका छन् । साथै उनले अहिले चलिरहेको एमसीसीको चर्चा देशको हितमा भन्दा पनि सत्तारुढ दलको स्वार्थमा निहित रहेको बताउँदै संसद्बाट एमसीसी पास भए मुलुक सिक्किमीकरण हुने खतरा रहेकोसमेत मैनालीको ठहर रहेको छ । 

चीनलाई कमजोर पार्न अमेरिकाले एमसीसीमार्फत यो रणनीति लिएको दाबी गरे गर्दै मैनालीले  एमसीसी नेपालको हितमा रहेकोले सरकारले यसलाई तुरुन्त फिर्ता लिनु पर्ने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्