तालिबानद्वारा युवकलाई गोली हानी हत्या


काबुल, २८ भाद्र । आफ्नो विरोधी समूहमा रहेको भन्दै तालिबानी सेनाले अफगानिस्तानको पन्जसिरमा तालिबानका लडाकुले घरबाट थुतेर एक युवकलाई गोली हानी हत्या गरेका छन् ।

तालिबानले आफूविरोधी नोर्दन अलायन्सका सदस्य भन्दै ती युवकलाई मारेको अफगान सञ्चारमाध्यमले बताएका छन् । ती युवकका साथीले उनी उक्त समूहमा नभएको भनेर परिचय पत्र देखाउँदासमेत जवजस्ती पनि उनलाई सडकमा ल्याई गोली हानिएको बताइएको छ । 

पछिल्लो समय तालिबानले जनताको मानव अधिकारको ग्यारेन्टी गर्ने बताइरहँदा यस्तो घटना सार्वजनिक भएको हो । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्