कुनै पनि हालतमा एमसीसी लागुहुन दिँदैनौ : विप्लव


काठमाडौँ, २८ भाद्र । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कुनै पनि हालतमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लागू हुन नदिने बताएका छन् । सोमबार काठमाडौँको खुलामञ्चमा आयोजित विरोध सभामा बोल्दै विप्लवले यस्तो कुरा बताएका हुन् ।  

उनले पार्टी प्रतिबन्धमा रहेका बेला गरिएको यो सम्झौता देशको हित विपरीत रहेको, सम्झौताले नेपालको स्वाधीनता र सार्वभौमिकता माथि नै प्रश्न उठाउने खालको रहेकोले कुनै पनि हालतमा लागु हुन नहुने बताए । 

आफूहरू  एउटा सानो झिल्को बोकेर काठमाडौँमा उत्रिएको एमसीसी जबरजस्ती पास गर्न खोजियो भने यो झिल्को राँको बन्ने पनि बताए । 

प्रतिक्रिया दिनुहोस्