सभामुखले डाकेको सर्वदलीय बैठकमा एमाले अनुपस्थित


काठमाडौँ, २८ भाद्र । प्रमुख पतिपक्षी दल एमाले अनुपस्थित भए पछि सभामुख अग्नि सापकोटाले अवरुद्ध संसद बैठक खुलाउन बोलाएको सर्वदलीय बैठक बिना निष्कर्ष सकिएको छ । सोमवार संसद भवन बानेश्वरमा सोमबार बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी एमाले नै सहभागी नभएपछि विनानिष्कर्ष टुङिगएको हो । 

केही दिनदेखि एमालेले लगातार रूपमा संसदमा अवरोध गरिरहेको छ । एमालेले निरन्तर रूपमा संसद अवरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले सोमबारका लागि शीर्ष नेताहरूको बैठक बोलाएका थिए ।

प्रमुख प्रतिपक्षी पार्टी नै अनुपस्थित भए पछि अन्य पार्टीका शीर्ष नेताहरूले सभामुखलाई एमालेलाई बैठकमा सहभागी हुने वातावरण मिलाउन सुझाएका छन् । 

प्रतिक्रिया दिनुहोस्