प्रमुख प्रतिपक्षी दलको विरोधकाबिच प्रतिनिधिसभा बैठक बस्दै


काठमाडौँ, २९ भाद्र । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बाबाजुत पनि प्रतिनिधिसभाको बैठक निरन्तर हुने देखिएको छ । मङ्गलवारका लागि बैठक बोलाइए पनि एमालेले भने बैठक चल्न नदिने बताएको छ । 

नेकपा एमालेले लगातार रूपमा संसद् बैठकमा नाराबाजी गर्दै अवरोध पुर्‍याउँदै आएको छ । संसद्को अवरोध हटाउन सभामुख अग्निप्रसाद सापकोटाले सोमबार सर्वदलीय बैठक आयोजना गरे पनि एमालेले बहिष्कार गर्‍यो ।

बैठकमा बोलाउँदा पनि नआए पछि सभामुख संसद्को कारबाही नरोक्ने तयारीमा देखिएका छन् ।एमालेले सभामुखको भूमिकाप्रति प्रश्न उठाउँदै उनको राजीनामासमेत माग गर्दै आएको छ । पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस गर्नुपर्ने अन्यथा सभामुखले राजीनामा दिनु पर्ने सर्त राखेर अवरोध गरिरहेको छ ।

यता सभामुखले भने अदालतमा विचाराधीन विषयमा संसद्ले कुनै कारबाही गर्न नसक्ने बताउँदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्