एकीकृत समाजवादीले सहयोग नगर्ने भए पछि प्रदेश १ को सरकार अल्पमतमा 


विराटनगर, २९ भाद्र । नेकपा (एकीकृत समाजवादी) को प्रदेश १ को सरकारलाई सहयोग नगर्ने भए पछि भीमप्रसाद आचार्य नेतृत्वको सरकार अल्पमतमा परिणत भएको छ । सोमवार एकीकृत समाजवादीको संसदीय दलको नेतामा राजेन्द्र राईलाई दलको नेता चयन गर्दै उक्त निर्णय गरे पछि वर्तमान सरकार अल्पमतमा परेको हो । 

नेकपा एकीकृत समाजवादीका सांसद उपेन्द्र घिमिरेले सोमवारको बैठकबाट राजेन्द्र राईलाई दलको नेता चयन गरेको र प्रदेशसभामा रहेको भीमप्रसाद आचार्यको सरकारलाई समर्थन नरहेको जानकारीसहितको पत्र पठाउने निर्णय गरेको बताए ।

प्रदेश १ मा १० जना सांसद रहेको एकीकृत समाजवादीले साथ नदिए पछि वर्तमान सरकार अल्पमतमा परेको छ । 

प्रतिक्रिया दिनुहोस्