राजीनामा दिन प्रधानमन्त्री ओलीको सभामुख महरालाई निर्देशन


काठमाडौँ ।  सभामुख कृष्णबहादुर महरालाई प्रधानमन्त्री केपी शर्मा ओलीले यौन दुर्व्यवहारको आरोप लागेकोकारण राजीनामा दिन निर्देशन दिएका छन् ।

पार्टी नेताहरूसँग भएको छलफलपश्चात् महरालाई राजीनामा दिन निर्देशन गरेका हुन । पार्टीमा छलफल भएसँगै देश र जनताको हितका लागि राजीनामा दिएर मार्ग प्रशस्त गर्न अध्यक्ष ओलीले निर्देशन दिएको बताइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा महराबारे निर्णय गर्न नेकपाका अध्यक्ष लगायत शीर्ष नेताबिच छलफल भइरहेको छ ।
सभामुख महरामाथि संसद् सचिवालयकी महिला कर्मचारीले यौन दुर्व्यवहार गरेको आरोप लगाएको सन्दर्भमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको आकस्मिक बैठक डाकिएको छ ।

प्रतिक्रिया दिनुहोस्