आजदेखि कक्षा १२ को परीक्षा


काठमाडौँ, ३० भाद्र । लामो समयदेखि रोकिएको कक्षा १२ वार्षिक परीक्षा आजदेखि सञ्चालन हुँदै छ । कोरोनाका कारण रोकिएको परीक्षा भाद्र ३० देखि सुरु हुने भएको हो । 

कोरोना भाइरसका कारण परीक्षा पटक पटक सर्दै आएको थियो । यस अघि पनि अन्तिम अवस्थामा आएर परीक्षा सारिएको थियो । बोर्डले परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म हुने बताएको छ । परीक्षा असोज ८ गते सकिनेछ । आ–आफ्नै विद्यालयलाई परीक्षा केन्द्र तोकिएको छ । यसपालिको कक्षा १२ को परीक्षामा तीन लाख ७४ हजार विद्यार्थी सहभागी हुने बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिएका छन् । 

परीक्षा सञ्चालनका लागि सरकारले विद्यार्थीका लागि आ–आफ्ना स्थानीय पालिकामा कोरोना खोप लाउने व्यवस्था गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्