हामीले माधव नेपाललाई बुझाउन सकेनौँ : घनश्याम भूषाल


बुटवल, ३० भाद्र  । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले आफूहरूले माधव नेपाललाई बुझाउन नसक्दा पार्टी फुटेको बताएका छन् । रुपन्देहीको बुटवलमा बुधवार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । 

नेता भुसालले भने, ‘हामी धेरै ठूलो चोटीबाट पछारिएका हौँ, त्यसैले हामीले मात्तिनु हुँदैन, हामी राष्ट्र र विकासको कुरा गर्छौ सबै कुरा हटाई दिने हो भने राष्ट्र अमूर्त हुन्छ । हामीले देश विकासका लागि भोट लिएको हो । हामीले बाटो बिराउनु हुँदैन । हामीले विचार पु¥याएर अघि बढ्नु पर्छ ।’

पार्टी अध्यक्ष ओलीले माधव नेपाललाई झारपातको संज्ञा दिइरहेको बेलामा नेता भूषालले पार्टी निर्माणमा सबैको भूमिका रहेको बताए । उनले पार्टीमै बसेर माधव नेपालहरूले सामना गर्नु पर्नेमा त्यसो नगरी पार्टी छाडेर नयाँ दल गठन गरेको बताए । तर नेता भूषालले अर्को महाधिवेशन सम्ममा माधव नेपाललाई एमालेमा फर्काइसक्ने पनि दाबी गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्