महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन नेकपाको सुझाव


काठमाडौँ , १४ असोज। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संसद् सचिवालयकै महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपको कारण सभामुख कृष्णबहादुर महराले सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन सुझाएको छ ।

सभामुख महरामाथि संसद् सचिवालयकै महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको सन्दर्भमा छलफल गर्न मङ्गलवार बिहान बसेको नेकपा सचिवालयको बैठकले दुवै पदबाट राजीनामा दिएर छानबिन प्रक्रियालाई सघाउनु निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरुलाई जानकारी दिएका छन् ।

सभामुख महराको नैतिक आचरणका सम्बन्धमा सञ्चार माध्यमहरूमा आएका समाचारहरू प्रति पार्टीको गम्भीर ध्यानाकर्षण रहेको बताउँदै आज सम्पन्न केन्द्रीय सचिवालयको बैठकले सभामुख तथा प्रतिनिधिसभा सदस्य पदबाटै राजीनामा दिएर छानबिन प्रक्रियालाई सघाउनु पर्ने प्रवक्ता श्रेष्ठले बताएका छन् ।’

प्रतिक्रिया दिनुहोस्