बेलबारीमा शि लिड्स महिला नेतृत्व कार्यक्रम सम्पन्न


बेलबारी, ३० भदौ । बेलबारीमा शि लिड्स महिला नेतृत्व कार्यक्रम सम्पन्न भएको छ । २७ गते देखी सुरु भएको महिला नेतृत्व कार्यक्रम मंगलबार सम्पन्न भएको हो । 

बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले शि लिड्स महिला नेतृत्व कार्यक्रमले जनप्रतिनिधिहरूलाई नेतृत्व विकास तथा स्थानीय तहका प्राविधिक पक्षका कार्य सम्पादनमा सक्षम बनाउने आशा व्यक्त गरे । भावी दिनमा पनि नेतृत्व विकासको लागि नगरपालिकाले कार्यक्रम गर्ने बताएका छन् । 

कार्यक्रम तथा तालिममा महिला जनप्रतिनिधिहरूको मात्र सहभागिता रहेको थियो । महिला जनप्रतिनिधिहरूको नेतृत्व विकासको लागि मोहन तिम्सिनाले प्रशिक्षण प्रदान गरेका थिए । कार्यक्रममा सहभागी माहिला जनप्रतिनिधिहरूले आफ्नो अनुभव व्यक्त गर्दै महिला नेतृत्व कार्यक्रम अनिवार्य चाहिने र बेलबारी नगरपालिकाले भावी दिनमा आयोजना गर्न आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्