प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार


विराटनगर, ३१ भाद्र । प्रदेश–१ का मुख्यमन्त्री भीम आचार्यले बुधवार मन्त्रिपरिषद् विस्तार गरेका छन् । एमाले विभाजनपछि अल्पमतमा परेका उनले विश्वासको मत लिनुअघि नै मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

तीन मन्त्री र दुई राज्यमन्त्री थपिएका छन् । नव नियुक्त मन्त्रीहरूमा आर्थिक मामिला तथा योजना मन्त्रीमा तुलसी प्रसाद न्यौपाने, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा हिरा थापा नियुक्त भएका छन् । न्यौपाने सङ्खुवासभाका हुन् भने थापा झापाबाट प्रदेश सभामा प्रतिनिधित्व गर्छन् । साथै बुधवार नै तीन राज्य मन्त्रीहरू पनि नियुक्त भएका छन् । उद्योग, पर्यटन वन तथा वातावरण राज्य मन्त्रीमा उत्तम बस्नेत, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीमा ज्ञानेश्वर राजवंशी र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा लीलाबल्लभ अधिकारी नियुक्त भएका छन् ।

यसअघि आचार्यको क्याबिनेटमा बलबहादुर सामसोहाङले सामाजिक विकास मन्त्रालय र लछुमन तिवारीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय सम्हालि सकेका थिए । अब मुख्यमन्त्री आचार्यको मन्त्रिमण्डल ८ सदस्यीय भएको छ ।

प्रतिक्रिया दिनुहोस्