१२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा, मोरङका प्रजिअ गृहन्त्रालयमा


मोरङ, ३१ भाद्र । गृह मन्त्रालयले १२ जिल्लामा प्रमुख जिल्ला अधिकारीसहित १५ सहसचिव तथा उपसचिवको सरुवा गरेको छ । गृह मन्त्रीस्तरीय निर्णय अनुसार बुधवार काज सरुवा गरिएको हो ।

सरकारले उपत्यकाका ललितपुर, भक्तपुर, मोरङ, सङ्खुवासभा, गुल्मी, दोलखा, रुपन्देही लगायतका १२ जना प्रजिअहरुको सरुवा भएको छ । यस क्रममा मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलालाई सिंहदरबार काज सरुवा गरिएको छ भने उनको ठाउँमा यस अघि गृहन्त्रालयमा  रहेका रामजीप्रसाद दाहाललाई पठाएको छ । सीडीओ पद महत्त्वपूर्ण मानिन्छ । सुशासन कायम, अपराध अनुसन्धान तथा नियन्त्रण र मुद्दा मामिलामा अर्धन्यायिक अधिकार प्रयोगदेखि जिल्लाका सबै कार्यालयमाथि नियमन र नियन्त्रणसमेत सिडिओले गर्ने गर्छन् ।

सामान्यत : सरुवाको १ वर्ष नभएसम्म सीडीओ हेरफेर नगर्ने अभ्यास भए पनि सरकार परिवर्तन हुनसाँथ यसरी सिडियो परिवर्तन गर्ने परिपाटी नौलो भने होइन । हरेक सरकार आफूलाई सजिलोको लागि सिडियोहरुलाई परिवर्तन गर्ने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्