सामूहिक हत्याकाण्डका आरोपित लोकबहादुरका भाइ नरेश पक्राउ


सङ्खुवासभा, ३१ भदौ । सङ्खुवासभा भएको सामूहिक हत्याकाण्डका आरोपित लोकबहादुर कार्कीका भाइ नरेशलाई प्रहरीले पक्राउ गरेको छ । अनुसन्धानका क्रममा उनको साथबाट मृत रन्जानको मोबाइल फेला परे पछि उनले प्रहरीले पक्राउ गरेको हो ।

सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ मा भदौ २१ मा ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीय रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीय गोमा कार्कीको हत्या भएको थियो । हत्या गरिएकी ३२ वर्षीय बुहारी रञ्जना कार्कीको मोबाइल हराएको नरेशको साथबाट बरामद भएको प्रहरीले बताएको छ । 

हत्या आरोपीका भाइ नरेश कार्कीमाथि हत्या काण्डको बारेमा सोधपुछ भइरहेको सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदीले जानकारी दिएका छन् । तेजबहादुर र परिवारका अन्य ५ जनालाई चिर्पटले हानेर हत्या गर्दा नरेश प्रत्यक्षदर्शी रहेको प्रहरीले आशङ्का गरेको छ । 

प्रतिक्रिया दिनुहोस्