चीनमा ६ रेक्टर स्केलको भूकम्प


काठमाडौँ, ३१ भाद्र । चीनमा बिहीबार बिहानै शक्तिशाली भूकम्प गएको छ । चिनियाँ समाचार समिति सिन्ह्वाले पश्चिम चीनको सिचुआन प्रान्तको लुचौ नगरको लुसिआन काउन्टीमा शक्तिशाली भूकम्प गएको बताएको छ ।

स्थानीय समय अनुसार बिहान साढे ४ बजे आएको भूकम्प ६ रेक्टर स्केलको रहेको थियो । बिहान गएको भूकम्पको क्षति विवरण आउन बाँकी रहे पनि अहिलेसम्म दुई जनाको मृत्यु र तीन जना घाइते भएको चिनियाँ अधिकारीले बताएका छन् ।

भूकम्प पृथ्वीको सतहबाट १० किलोमिटर गहिराइमा गएको बताइएको छ । भूकम्पपछि उद्धार कार्य भइरहेको चिनियाँ अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्