बेलबारी प्याबसनको अध्यक्षमा घिमिरे निर्वाचित


बेलबारी, ३१ भाद्र  । बेलबारी नगर प्याब्सनको अध्यक्षमा भगवतीप्रसाद घिमिरे निर्वाचित भएका छन् । बिहिवार बेलबारी ३ मा रहेको ड्रिमल्याण्ड फन प्रा.लिमा सम्पन्न दोस्रो नगर अधिवेशनबाट घिमिरे अध्यक्षमा निर्वाचित भएका हुन् ।

बेलबारी –९ मा रहेको बालजगत इ स्कुलका प्रिन्सिपल समेत रहेका घिमिरे लामो समयदेखि शिक्षा क्षेत्रमा संलग्न रहँदै आएका छन् । नवनिर्वाचित सचिवमा विनोद भण्डारी, कोषाध्यक्षमा तेजबहादुर दाहाल, सदस्यहरूमा नरबहादुर धिमाल र डालबारलाल राजवंशी (डिएल) निर्वाचित भएका छन् । 

सात सदस्सीय समितिमा थप दुई जना सदस्य मनोनीत हुने प्रावधान रहेको छ । 

प्रतिक्रिया दिनुहोस्