सभामुख कृष्णबहादुर महराले दिए राजीनामा


काठमाडौँ , १४ असोज।  संसद् सचिवालयकै महिला कर्मचारीलाई यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी आज बसेको (नेकपा) सचिवालयको बैठकले छानबिनको लागि अनुसन्धानमा सहज बनाउन नैतिकताका आधारमा राजीनामा दिन सुझाव दिए अनुसार महराले राजीनामा दिएका हुन ।

महराले पनि आफूमाथि लागेको आरोपबारे सत्य तथ्य छानबिनको लागि अनुसन्धानमा सहज बनाउन नैतिकताका आधारमा राजीनामा दिएको बताए छन् । उनले राजीनामा पत्र उपसभामुखसमक्ष बुझाएका छन् । तर राजीनामा पत्रमा भने ‘छानबिन प्रक्रिया नसकिँदासम्मका लागि’ भन्ने शब्द प्रयोग गरिएको छ ।


पार्टीले सभामुख र सांसद दुवै पदबाट राजीनामा दिएर छानबिन प्रक्रियालाई सघाउनु निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरुलाई जानकारी गराएको भएता पनि महराले सभामुख पदबाट मात्र राजीनामा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्