युवा संघ नेपाल बेलबारी नगर कमिटीको अध्यक्षमा हेमन्त गुरुङ चयन


बेलबारी, ३१ भदै । युवा संघ नेपाल बेलबारी नगर सम्मेलन आयोजक कमिटीको अध्यक्षमा हेमन्त गुरुङ चयन भएका छन् । बिहीबार बेलबारीमा भएको नेकपा (एकीकृत समाजवादी) को युवा भेलाद्वारा हेमन्त, अध्यक्षमा चयन भएका हुन ।

सचिवमा कमल घतानी चयन भएका छन् । एकीकृत समाजवादीका नेता तथा पूर्व सांसद हर्कमान तामाङको प्रमुख आतिथ्यमा सम्पन्न युवा भेलाद्वारा १५१ सदस्य कमिटीको युवा संघ नेपाल बेलबारीको गठन भएको छ । 

कार्यक्रममा एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य चन्द्र बहादुर गुरुङ, युवा संघ नेपाल स्थायी कमिटी सदस्य प्रेमराज भारती, केन्द्रीय सदस्य चरण गुरुङ, जिल्ला सदस्य बद्री अर्याल, भूपाल बस्नेत, अर्जुन गिरि, कमल कोइराला फडिन्द्र थापा लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्