१,३५१ जना निको हुँदा थप १,५५८ मा कोरोना सङ्क्रमण


काठमाडौँ, १ असोज । नेपालमा पछिल्लो २४ घण्टामा १,३५१ जना निको हुँदा १,५५८ मा कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा घण्टामा १,३५१ जना सङ्क्रमणमुक्त भएका छन् । 

हालसम्म कोरोना सङ्क्रमितको कुल सङ्ख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ८३ हजार ७५ पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ८८ हजार ६५९ जना पुगेको छ । सङ्क्रमितमध्ये हालसम्म ७ लाख ४६ हजार ५६६ जना निको भएका छन् । हाल देशभर २५ हजार ४९७ जना सक्रिय सङ्क्रमित रहेका छन् । 

पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ । हाल सम्ममा मृत्यु हुनेको सङ्ख्या ११ हजार १२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्