महाशाखाद्वारा कर्तब्य निर्वाह गर्ने २४ ट्राफिक प्रहरी सम्मानित


काठमाडौं, १ असोज । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आफ्नो कर्तब्य निर्वाह गर्ने विभिन्न २४ जना ट्राफिक प्रहरीलाई सम्मान गरेको छ । शुक्रबार ट्राफिक प्रहरी महाशाखामा आयोजित कार्यक्रममा प्रहरी निरीक्षकसहित २४ जना ट्राफिक प्रहरीलाई पुरस्कृत एवम् सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा प्रहरी निरीक्षक रबिन्द्र कुमार श्रेष्ठ सहित प्रहरी हवल्दार उमेश राम, लक्ष्मण यादव साथै प्रहरी जवानहरु किसान चन्द्र गौतम, धनबिर जिसी ,सबिना लम्जेल, प्रकाश थापा, निरज थापा, हिक्मत रावल, सन्तोष धमला छन् । उनीहरुलाई नगद पुरस्कृत तथा प्रशंसापत्रसहित सम्मान गरिएको छ । 

सम्मानित हुने ट्राफिक प्रहरीलाई महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले प्रशंसापत्रसहित खादा ओढाएर सम्मान गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्