आज एकै दिन चीनबाट ४४ लाख डोज खोप नेपाल आइपुग्यो


काठमाडौँ, १ असोज । चीनबाट खरिद गरे ल्याइएको ४४ लाख कोरोना भाइरसविरुद्धको भेरोसेल खोप शुक्रवार काठमाडौँ आइपुगेको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट खोप बिहीबार दिउसो २ बजे काठमाडौँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । 

चीनबाट आज आइपुगेको खोप सरकारले असोज ४ गतेबाट लगाउने भएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले चिनबाट ल्याइएको खोप १८ वर्षमाथि उमेर समूहका नागरिकलाई लगाइने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्