सभापतिबाट ‘ब्याक’ नहुने काँग्रेस नेता प्रकाशमान सिंहको भनाइ


काठमाडौँ, २ असोज । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आफू सभापतिको दौडबाट व्याक नहुने बताएका छन् । सिंहले शनिवार गणेशमान सिंहको २५ औँ स्मृति दिवसको अवसरमा गणेशमान सिंह फाउन्डेसनले शोभा भगवतीमा आयोजना गरेको कार्यक्रममा यस्तो बताएका हुन् । 

पार्टीभित्र अलोकतान्त्रिक गतिविधि बढिरहेको भन्दै विवाद भएका जिल्लामा विधिविधान अनुसार समाधान गर्नुपर्ने नेता सिंहको जोड रहेको छ । उनले पार्टीको १४ औँ महाधिवेशनबाट नेपाली जनताको भावना बुझ्ने सक्षम नेतृत्व आउने विश्वास व्यक्त गरे ।  साझा उम्मेदवारको सम्भावना अझै नसकिएको भन्दै त्यसका लागि निरन्तर छलफल भइरहेको जानकारी दिएका छन् । तर आफू सभापतिको उम्मेदवारबाट पछि नहट्ने उनले बताएका छन् । 

सर्वोच्च नेता गणेशमान सिंहले नेपालको राजनीतिमा पु¥याएको योगदानको स्मरण गर्दै जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि गणेशमान सिंहले नेपाली जनताको सेवा गर्न नछोडेको उनले बताए । साथै काँग्रेस पार्टी मजबुत बनाउन गणेशमान सिंहको अमूल्य योगदान रहेको नेता सिंहको भनाइ थियो ।

साथै नेता सिंहले गठबन्धनभित्र रहेका केही दलभित्रको आन्तरिक व्यवस्थापनको अलमलका कारण मन्त्रीपरिषद् विस्तारमा ढिलाइ भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्