मोटरसाइकलको ठक्करबाट विराटनगरमा एक जना पुरुषको मृत्यु


विराटनगर, २ असोज  । मोटरसाइकलको ठक्करबाट घाइते भएका विराटनगरका एक जना पुरुषको शुक्रवार राति मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर–११ का ६० वर्षीय रामलखन साह रहेको प्रहरीले जनाएको छ । 

विराटनगर महानगरपालिका–६ स्थित बि एफएम छेउमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०२–०४४ प ९१० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साँझ ६ बजेतिर शाह घाइते भएका थिए ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका शाहको उपचारको क्रममा नोबेल शिक्षण अस्पतालमा राति १२ः३० बजेतिर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्