अनेरास्ववियु अध्यक्षमा सुनिता बराल चयन


काठमाडौँ, २ असोज । अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा सुनिता बराल चयन भएकी छिन् । काठमाडौँमा शनिवार भएको केन्द्रीय सचिवालय बैठकबाट बराल अध्यक्षमा चयन भएकी हुन् । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थितिमा सचिवालय बैठकले चयन गरेको सङ्गठनको वरिष्ठ उपाध्यक्षमा आर सी न्यौपाने, उपाध्यक्षमा कल्पना वाइवा र महासचिवमा समिक चयन भएका छन् ।

यसअघि अध्यक्ष बनेका ऐन महरले विद्यार्थी सङ्गठनबाट बिदा लिएको बताइएको छ । अनेरास्ववियु प्रमुख प्रतिपक्षी नेकपा एमालेको भातृ सङ्गठनको रूपमा चिनिन्छ । 

प्रतिक्रिया दिनुहोस्