एमाले अध्यक्ष ओलीले अहिलेको गठबन्धनलाई दिए बरफको डल्लाको संज्ञा


काठमाडौँ, ३ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेका सत्ताधारी गठबन्धनलाई ‘फ्रिजबाट निकालिएको बरफको डल्ला’को संज्ञा दिएका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले शनिवार बानेश्वरस्थित आयोजित नेपाल निजामती कर्मचारी सङ्गठनको आठौँ केन्द्रीय बैठक र राष्ट्रिय भेलामा सम्बोधन गर्दै सो कुरा बताएका हुन् । 

उनले भने ‘यी फ्रिजबाट निकालिएका आइसका डल्ला हुन्, आफैँ बनेका होइनन् । डल्ला बाहिर राख्ने बित्तिकै बिलाएर जान्छन् ।’

ओलीले १४ महिनापछि हुने चुनावबाट एमाले नेतृत्वमा सरकार बन्ने दाबी गर्दै ओलीले भने, ‘तपाईंहरुलाई केही दुःख दिन सक्छन् । धेरै चिन्ता गर्नु पर्दैन, १४ महिनापछि चुनाव हुन्छ, त्यसको अर्को एक महिनापछि हाम्रो सरकार बन्छ । यिनीहरू बिलाएर जान्छन् ।’ 

प्रतिक्रिया दिनुहोस्