उर्लाबारी उवास्ंघको अध्यक्षमा प्रगतिशील साझा प्यालनका शेरबहादुर भण्डारी निर्वाचित


उर्लाबारी, ३ असोज । उर्लाबारी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा प्रगतिशील साझा प्यालनबाट शेरबहादुर भण्डारी निर्वाचित भएका छन् । एमाले समर्थक मानिने भण्डारीले कांग्रेससमर्थक मानिने तारामान सिरेङ लिम्बूलाई ६३० का विरुद्ध ७८९ मतले पराजित गरेका थिए । 

१३ सदस्यीय कार्यसमितिमा प्रगतिशील साझा प्यानलबाट अध्यक्षसहित ७ जना लोकतान्त्रिक प्यालनबाट ५ र स्वतन्त्र १ जना निर्वाचित भएका छन् । यस्तै, वाणिज्य उपाध्यक्षमा निर्मला चौहान विजयी भएकी छिन् । उनी काँग्रेस समर्थक मानिन्छिन् ।  उनले ८०७ मत मत ल्याउँदा माओवादी केन्द्र निकट मानिने प्रतिस्पर्धी पवन चौधरीले ५४६ मत मात्र ल्याएका थिए ।

सङ्घको महासचिवमा हेमराज गुरुङ ६८३ मतका साथ विजयी भए भने सचिवमा डिल्लीराम खतिवडा निर्वाचित भए । उनले ७१५ मत ल्याइका थिए । यस्तै वाणिज्य सचिवमा ७३८ मतका साथ भेसबन्धु निरौला,  कोषाध्यक्षमा राजन दाहाल ७०९ मतका साथ विजयी भए । कार्यसमिति सदस्य पदमा स्वतन्त्र उम्मेद्वार गोपाल भण्डारी सर्वाधिक मतका साथ विजयी भए । उनले ९१९ मत प्राप्त गरे कार्यसमितिका अन्य सदस्यमा नित्तम चौहान, नूतन राई पिके, राजकुमार श्रेष्ठ र दशरथ यादव बेचन विजयी भए । 

नेपाली काँग्रेसको पकड मानिएको उवासङ्घमा बहुसङ्ख्यक पदाधिकारी प्रगतिशील साझा प्यालनबाट विजयी हुनुलाई अर्थपूर्ण रूपमा लिइएको छ । 

प्रतिक्रिया दिनुहोस्