भरतमणिले जिते कमेडी च्याम्पियन–२ को उपाधि


काठमाडौँ, ३ असोज । कमेडी च्याम्पियन दोस्रो सिजनको उपाधि भरतमणि पौडेलले चुमेका छन् । फाइनलमा विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै ताप्लेजुङका भरतमणिले उपाधि हात पारेका हुन् ।

उपाधि जितेसँगै भरतले २५ लाख र कार पुरस्कार पाएका छन् । यस्तै, सिक्किमका विक्की फस्ट रनर (अप बनेका छन् । प्रतियोगिताको उपविजेता बनेका उनले ‘टिभिएस अपाचे’ बाइक पाएका छन् । गोरखाका सन्तोष थापा तेस्रो भएका छन् । उनले स्कुटर जितेका छन् ।

भरतको पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटा, पूर्व युवराज पारस शाह, घरबेटीजस्ता प्रस्तुति निकै रुचाइएका थिए । 

प्रतिक्रिया दिनुहोस्