घरको चारतला माथिबाट हाम फाल्दा सुन्दरहरैँचाकी १९ वर्षीय युवतीको मृत्यु


सुन्दरहरैँचा, ३ असोज । घरको चारतला माथिबाट हाम फाल्दा सुन्दरहरैँचाकी १९ वर्षीय युवतीको मृत्यु  सुन्दरहरैँचा, ३ असोज । घरको चार तलाबाट हाम फाल्दा मोरङको सुन्दरहरैँचाकी एक युवतीको मृत्यु भएको छ । घरको चार तलबाट हामफालेर मृत्यु हुनेमा सुन्दरहरैँचा नगरपालिका–९ की १८ वर्षीय रुवि मुखिया रहेको प्रहरीले जनाएको छ । 

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार डेरा बसेको घरको चार तलामाथिबाट हामफालेकी सुन्दरहरैँचा नगरपालिका–९ ती युवतीको मृत्यु भएको हो । शनिवार राति ८ : ३० बजेतिर डेरा बसेको घरमाथिबाट हाम फाल्दा गम्भीर घाइते भएकी मुखियाको उपचारका क्रममा न्युरो अस्पताल विराटनगरमा राति ९ : ४५ बजेतिर मृत्यु भएको डिएसपी श्रेष्ठले बताए । 

युवतीले घरबाट हामफाल्नुको कारण भने खुलि नसकेको, त्यसको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्