हाम्रो विरुद्धमा खइरो खन्ने पत्रकार र तिनका मालिकलाई पदक दिइयो : ओली


काठमाडौँ, ३ असोज । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो विरुद्ध खनिने पत्रकारहरूलाई वर्तमान सरकाले सम्मान गरेको आरोप लाएका छन् । आइतबार च्यासलमा आयोजित एक कार्यक्रममा ओलीले यस्तो आरोप लाएका हुन् । 

पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले आक्रोश पोख्दै भने ‘अघिल्लो सरकार, जो लोकप्रिय सरकार थियो, जो विकासप्रेमी सरकार थियो । सुशासनका लागि लड्थ्यो । त्यो सरकारको विपक्षमा खोइरो खनेर निराधार एउटा पनि सकारात्मक समाचार नदिने सबै बेठिक, बेठिक समाचार दिएर देशलाई भड्खालामा हाल्न खोज्ने सञ्चार माध्यम र तिनका मालिकहरू ठूला ठूला पदकहरूबाट विभूषित भए ।’

संविधान दिवसको अवसरमा सरकारले नागरिक दैनिकका प्रबन्ध निर्देशक विनोदराज ज्ञवाली, तारानाथ दाहाल, हरिविनोद अधिकारी, कृषज्वाला देवकोटा, हरिबहादुर थापा, प्रतीक प्रधान लगायतका डेढ दर्जन जति पत्रकारलाई पदकको लिस्टमा  राखेको भए पनि कृषज्वाला देवकोटा, हरिबहादुर थापा लगायतका केही पत्रकारले भने यसअघि नै पदक नलिने घोषणा गरिसकेका छन् ।  

प्रतिक्रिया दिनुहोस्