लाइन्स क्लबको आयोजनामा सुन्दररहैँचामा रक्तदान कार्यक्रम


सुन्दरहरैँचा, ४ असोज । संविधान दिवसको अवसर मोरङको सुुन्दरहरैँचा १२ शुक्रवारेमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लाइन्स क्लब अफ इन्द्रपुर आयोजना र शुक्रबारे फुटबल क्लबको व्यवस्थापनमा सञ्चालन भएको रक्तदान कार्यक्रममा ४४ प्रिन्ट रगत सङ्कलन भएको आयोजकले जनाएको छ । रक्तदान कार्यक्रमको प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धरानले गरेको थियो । 

लाइन्स क्लबका रिजनल चेयर पर्सन नगेन्द्र प्रसाद दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सुकुना बहुमुखी क्याम्पसका व्यवस्थापन समितिका अध्यक्ष केशव अधिकारी, सुन्दरहरैँचा उद्योग वाणिज्य संघका वर्तमान अध्यक्ष कृष्णप्रसाद ओझा, पूर्व अध्यक्ष नवराज चापागाईँ, प्याब्सन मोरङका अध्यक्ष अर्जुन बस्नेत, रेडियो सुसेलीका अध्यक्ष रमेश खड्का लगायतको उपस्थिति रहेको थियो । 

क्लबका अध्यक्ष रोहित कुमार शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने संस्थाका सचिव खगेन्द्र रिजालको रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्