सुन्दररहैँचाकी २१ वर्षीय रोजीना आफ्नै कोठामा मृतफेला : माइती पक्षद्वारा हत्याको आरोप


सुन्दरहरैँचा, ४ असोज । सुन्दरहरैँचा वडा नं ८ सलकपुरमा शनिवार आफ्नै कोठामा  मृत अवस्थामा फेला परेकी रोजीना गिरीले आत्महत्या गरेको नभएर हत्या गरिएको उनका आफन्तले आरोप लाएका छन् । आज सोमबार उर्लाबारीबाट किटानी जाहेरी दिन इलाका प्रहरी कार्यालय बेलबारी आएका आफन्तले उक्त कुरा बताएका हुन् । 

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनालले रोजी घरको आफ्नै कोठाभित्र चुकुल लगाइएको अवस्थामा मृत भेटिएको बताएका छन् । घटनाको प्रकृति हेर्दा आत्महत्या नै देखिएको, बाँकी कुरा पोस्टमार्टमको रिपोर्ट आए पछि मात्र भन्न सकिने बताएका छन् ।

उर्लाबारी नगरपालिका वडा नं ८ दुर्गापुरी माइती भएकी रोजी आइतबार बिहान सातबजेतिर आफ्नै कोठामा मृत फेला परेकी थिइन । आइतवार अबेरसम्म पनि रोजी नउठे पछि प्रहरीलाई खबर गरिएको र खबर पाउनसाथ प्रहरी पुगेर  वडाध्यक्ष खेमप्रसाद न्यौपानेको रोहबरमा उनको फोडेको थियो । मृतकका आफन्तले माइती पक्ष नआई कोठा खोलिएकोमा आपत्ति जनाएका छन् ।

‘हामी आउँदै थियौँ, किन हतार हतार ढोका तोडियो’ भनेर प्रश्न गरेका छन् ।

तर यता प्रहरीले भने जीवित भएको भए अस्पताल लैजान सकिने आसामा ढोका तोडिएको बताएको छ । उता दोइलो खोल्दा रोहवरमा बसेका सुन्दरहरैँचा नगरपालिका वडा नं ८ का वडा अध्यक्ष खेमप्रसाद न्यौपानेले पनि प्रहरीले आफ्नै अघि ढोका तोडेको बताएका छन् ।  

घटनाको प्रकृति हेर्दा आधा खुट्टा बाहिर र शरीर चाहिँ बक्स पलङमा रहेको, सिरानी च्यापेर घोप्टो परेको अवस्थामा लास फेला परेको थियो । सलको पासोले सिलिङ फेनमा झुण्डिएर आत्महत्या गरिएको भनिए पनि यो आत्महत्या नभएर हत्या भएको, हत्या गरेर झुन्ड्याएको माइती पक्षले आरोप लाएका छन् । घटनाको प्रकृति हेर्दा आत्महत्या गरिएको जस्तो नदेखिएको, परिवारकै सदस्य मिलेर हत्या गरेकोजस्तो देखिने मृतक रोजीका काका चक्र गिरी बताउँछन् ।

उनी ‘भन्छन् आत्महत्या गर्नु पर्ने कुनै कारण नै थिएन । यो आत्महत्या नभएर हत्या नै हो भन्ने हाम्रा अनुमान रहेको छ ।’  

२१ वर्षीय रोजीको २०७७ साल असारमा मात्र सुन्दरहरैँचा ८ सलकपुरका विनोद काफ्लेसँग प्रेम विवाह भएको थियो । उनीहरूलाई भदौ ७ गते माइती पक्षले बोलाएर टिकाटाला गरिदिएका थिए । विनोद अहिले संयुक्त अरब इमिरेट्स अन्तरगतको दुबईमा छन् । घरमा भने सासू र बुहारी मात्र बस्थे । 

दुई दाजुभाइमध्ये विनोदका जेठा दाजु छुट्टिएर बसेका छन् । जेठाजुसँग भने राम्रो सम्बन्ध नभएको, जेठाजुले बुहारीलाई नराम्रा अपशब्दले गाली गर्ने गरेको माइती पक्षले आरोप लगाएका छन् । उनीहरूले आमा र रोजीका श्रीमान्का नाममा भएको घर घडेरी विक्री गरेको पैसाको विषयलाई लिएर दाजुसँग विवाद भइरहेको, सोही विवाद नै रोजीको मृत्युको कारण हुनसक्ने बताउँदै आएका छन् । 

लास पोस्ट मार्टमका लागि धरानस्थित घोपा क्याम्प पठाइएको प्रहरीले बताएको छ । 

प्रतिक्रिया दिनुहोस्