युवा संघ नेपाल बेलबारी नगर कमिटीद्वारा रक्तदान कार्यक्रम सम्पन्न


बेलबारी, ४ असोज । युवा संघ नेपाल बेलबारी नगर कमिटीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बेलबार नगरपालिका वडा नं. ३ मा रक्तदान कार्यक्रम सोमबार सम्पन्न गरेको हो ।

कार्यक्रममा ७० जना रक्तदाता सहभागी भएको युवा संघ नेपाल बेलबारी नगर कमिटीका अध्यक्ष तथा कार्यक्रमका संयोजक हेमन्त गुरुङले जानकारी दिएका छन् । अध्यक्ष गुरुङले रक्तदान कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने बताएका छन् । 

कार्यक्रम, नेकपा एकीकृत समाजवादी पार्टीका नेता हर्कमान तामाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । युवाहरूको कार्यको प्रशंसा गर्दै नवगठित युवा संघ बेलबारी नगर कमिटीलाई शुभकामना प्रदान गरेका थिए । 

नेकपा एसका केन्द्रीय सल्लाकार चन्द्र बहादुर गुरुङ, युवा संघ नेपाल जिल्ला कमिटीका अध्यक्ष प्रेमराज भारती, जिल्ला कमिटी सदस्य बद्री अर्याल, भूपाल बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्