अनेमसङ्घ क्रान्तिकारीद्वारा नगरपालिकालाई ध्यानाकर्षण पत्र


सुन्दरहरैँचा, ५ असोज । अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)ले समसामयिक जनसरोकारका विषयलाई लिएर सुन्दरहरैँचा नगरपालिकालाई ध्यानाकर्षण गराएको छ । अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी जिल्ला कमिटीको आयोजनमा, नगर कमिटी सुन्दरहरैँचाले नगरपालिकालाई आफ्ना विभिन्न मागसहित ध्यानाकर्षण गराएको हो ।                         

ध्यानाकर्षण पत्रमा महिला अधिकार, बालिका शिक्षा, आमाको नामबाट नागरिकता पाउने विषय तथा अन्य सार्वजनिक सरोकारका विषयहरू रहेको अनेम सङ्घ क्रान्तिकारीकी नगर संयोजक कल्पना घिमिरेले बताइन । 

ध्यानाकर्षण बुझाउन अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) का जिल्ला अध्यक्ष लता न्यौपाने, पार्टी जिल्ला कमिटी सदस्य सिता कडरिया, नगर कमिटी अध्यक्ष कल्पना घिमिरे, इन्चार्ज सीमा चौधरीसहितको समूह नगरपालिका पुगेको थियो ।  

क्रान्किारीको ध्यानाकर्षण पत्र बुझ्दै सुन्दरहरैँचा नगरपालिकाकाका उपप्रमुख धना तामाङले अनेम सङ्घ क्रान्तिकारीले उठाएका मागप्रति आफू सहमत भएको, यी मागहरूको पुरा गराउन आफूले सहयोग गर्ने बताइन । 

प्रतिक्रिया दिनुहोस्