एमालेद्वारा सभामुख सापकोटाको राजीनामा माग


काठमाडौँ, ५ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा माग गरेको छ । मङ्गलवारको राष्ट्रिय सभाको बैठकमा एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले सभामुख सापकोटाले राजीनामा गरेका हुन् । 

सभामुख सापकोटा सभामुखको गरिमा जोगाउन नसकेको एमालेको आरोप रहेको छ । एमालेले लामो समयदेखि बैठकमा अवरोध गरिरहेको छ । बैठक अवरुद्ध गर्ने क्रममा राष्ट्रिय सभाको मङ्गलवारको बैठकमा सांसद श्रेष्ठले सभामुखले कुर्सीको गरिमा जोगाउन नसकेकोले राजीनामा दिएर मार्ग प्रशस्त गर्नु पर्ने बताए । 

सभामुख सापकोटाले संसदमा गैरसांसदलाई बस्न अनुमति दिएकोसमेत आरोप लाए । सभामुखले राजीनामा नदिए वा सूचना नटाँसे सदन चल्न नसक्ने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्