नेपाली काँग्रेस बेलबारी ३ वडा कार्य समितिको सभापतिमा रिक्त निर्वाचित


बेलबारी, ५ असोज । नेपाली काँग्रेस बेलबारी वडा नं. ३ को सभापतिमा रिक्त बहादुर गुरुङ निर्वाचित भएका छन् । गुरुङ सर्वसम्मतमा वडा कार्य समितिको सभापतिमा आज मंगलबार निर्वाचित भएका हुन ।

उपसभापतिमा राजीव राई, दीपेन्द्र लामिछाने, सचिवमा रितुलाल धिमाल, भुवन कार्की, सहसचिवमा रञ्जु साह, लाल बहादुर सुवेदी र २१ जना सदस्य निर्वाचित भएका छन् । 

अहिले सम्मा बेलबारी नगरपालिका वडा नं. २ र ९ सर्वसम्मतमा वडा कार्य समिति निर्माण भएको थियो । वडा नं. ३ सँगै ३ वटा वडा कार्य समिति सर्वसम्मतमा निर्माण भएको छ ।  

प्रतिक्रिया दिनुहोस्