ग्याँस लिक भएर आगलागीमा परेर झापाका खनाल दम्पतीको मृत्यु


झापा, ५ असोज । सिलिन्डर ग्याँस फेर्ने क्रममा आगलागी हुँदा जलेर झापाका खनाल दम्पतीको मृत्यु भएको छ । आगलागीबाट घाइते भएका झापा अर्जुनधारा–७ का रोम खनाल र उनकी श्रीमती दुर्गाको उपचारको क्रममा मृत्यु भएको हो । 

भदौ २६ गते साँझ ग्याँस लिक हुँदा खनालको घरमा आगलागी भएको थियो । उक्त घटनामा परिवारका चार जना घाइते भएका थिए । आगलागीमा परेकी घरमुली मङ्गलादेवीको अवस्था सामान्य रहेको छ भने मृतक दम्पतीका छोरा पङ्कजको अवस्था पनि सामान्य बन्दै गएको बताइएको छ ।  आगलागीले घर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

घर जलेपछि खनाल परिवार यति बेला छिमेकीको घरमा आश्रय लिएर बसिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्