पहिरोले घर पुरिँदा गुल्मीमा तीन दिदी–बहिनीको मृत्यु


गुल्मी, ६ असोज । मङ्गलवार रातीको अविरल वर्षापछि गएको पहिरोमा पुरिएर गुल्मीमा एकै घरका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रेसुङ्गा नगरपालिका ८ का तिलक नेपालीका १४ वर्षका जुम्ल्याहा छोरीहरू गङ्गा–जमुना र २१ वर्षकी छोरी भावना रहेको जिल्ला प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी पुरुषोत्तम पाण्डेयले मङ्गलवार रातीको अविरल वर्षाले घर पुरिएर नगरपालिका–८, भगवती मन्दिर नजिकै रहेको तिलक नेपालीको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको बताएका छन् । पहिरो मङ्गलवार राति करिब १२ बजेतिर माथिबाट खस्दा मृतकहरू सुत्ने कोठा पुरिएको थियो । चार जना सुतेको कोठाबाट एक जनालाई भने सकुशल उद्वार गरिएको थियो । 

घटनाको जानकारी पाउनसाथ राति नै नेपाली सेना, नेपाल प्रहरीको टोलीले घटनास्थलमा पुगेको थियो । 

प्रतिक्रिया दिनुहोस्