उपेन्द्रको अडान ‘अध्यादेश खारेज नभई मन्त्रीको नाम पठाइँदैन’


काठमाडौँ, ६ असोज । अध्यादेश खारेज नभई मन्त्रीको नाम नपठाउने जसपाले अडान लिए पछि सरकारले पूर्णता पाउने कुरामा अझै अन्योल सिर्जना भएको छ । गठबन्धनमा रहेको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दल विभाजनसम्बन्धी अध्यादेश खारेज नभएसम्म मन्त्रिपरिषद् विस्तार गर्न नमिल्ने अडान लिए पछि सरकार अन्योलमा परेको हो ।  

यादवले अध्यादेशले तत्काल राजनीतिक पार्टी र भविष्यमा मुलुकलाई अस्थिरतातर्फ लैजाने भन्दै यसको खारेजीको माग गरेका छन् । तर उता सरकारमै सहभागी अर्को दल एकीकृत समाजवादी भने अदालतको अन्तिम फैसला नआएसम्म ऐन खारेजी हुनुहुन्न भन्ने पक्षमा देखिएको छ ।

यही विषयलाई लिएर सत्तारुढ दल नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृतले आफ्नो पार्टीको बैठक गर्दै छन् । 

प्रतिक्रिया दिनुहोस्